बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चिनियाँ कम्पनीले गर्‍यो नेपालमा प्रतिवर्ष ५ हजार सवारी उत्पादनको सम्झौता

सोमबार, १७ वैशाख २०८१, १७ : ०७
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । चिनियाँ कम्पनीले नेपालमा विद्युतीय सवारी एसेम्बल गर्ने सम्झौता गरेको छ । लगानी सम्मेलनको दौरान चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा ३ अर्ब रुपैयाँ लगानीको समझदारी (एमओयू) गरेको हो । 

तेस्रो लगानी सम्मेलनको दोस्रो दिन चिनिया कम्पनी अटोबडीले एनके मोटर्ससँग एमओयू गरेको छ । सम्झौता कार्यान्वयन भएमा वार्षिक ५ हजारभन्दा बढी विद्युतीय सवारी उत्पादन हुनेछ । 

सम्झौताअनुसार दुई कम्पनीले नेपालमा सुरुवातमा व्यवसायिक प्रयोजनमा प्रयोग हुने फोर ह्विल सवारी उत्पादन गर्ने छ ।

सम्झौताअनुसार चीनको कम्पनीले नेपालमा सवारी उत्पादनका लागि ३ अर्ब लगानी गर्नेछ । यसअनुसार विराटनगरको बुढीगङ्ग्गामा १५ बिघा जमिनमा उत्पादन सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप