चिनियाँ कम्पनीले गर्यो नेपालमा प्रतिवर्ष ५ हजार सवारी उत्पादनको सम्झौता
सोमबार, १७ वैशाख २०८१, १७ : ०७
काठमाडौँ । चिनियाँ कम्पनीले नेपालमा विद्युतीय सवारी एसेम्बल गर्ने सम्झौता गरेको छ । लगानी सम्मेलनको दौरान चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा ३ अर्ब रुपैयाँ लगानीको समझदारी (एमओयू) गरेको हो ।
तेस्रो लगानी सम्मेलनको दोस्रो दिन चिनिया कम्पनी अटोबडीले एनके मोटर्ससँग एमओयू गरेको छ । सम्झौता कार्यान्वयन भएमा वार्षिक ५ हजारभन्दा बढी विद्युतीय सवारी उत्पादन हुनेछ ।
सम्झौताअनुसार दुई कम्पनीले नेपालमा सुरुवातमा व्यवसायिक प्रयोजनमा प्रयोग हुने फोर ह्विल सवारी उत्पादन गर्ने छ ।
सम्झौताअनुसार चीनको कम्पनीले नेपालमा सवारी उत्पादनका लागि ३ अर्ब लगानी गर्नेछ । यसअनुसार विराटनगरको बुढीगङ्ग्गामा १५ बिघा जमिनमा उत्पादन सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण