बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फुल कन्ट्याक्ट कराँतेमा ११० खेलाडी

सोमबार, १७ वैशाख २०८१, १७ : १५
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । नेपाल क्योकुशिन कराँते डो सङ्घ बज्र (आईकेओबी) को आयोजनामा वैशाख २४ र २५ गते ‘१८औँ राष्ट्रिय पुरुष तौल समूह तथा १७औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराँते प्रतियोगिता’ आयोजना हुने भएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी आयोजकले दिएको छ । प्रतियोगितामा सात वटै प्रदेश, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गरी कुल एक सय १० खेलाडीको सहभागिता रहने छ ।

सहभागीमध्ये ७५ जना पुरुष र ३५ जना महिला रहेका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप