फुल कन्ट्याक्ट कराँतेमा ११० खेलाडी
सोमबार, १७ वैशाख २०८१, १७ : १५
काठमाडौँ । नेपाल क्योकुशिन कराँते डो सङ्घ बज्र (आईकेओबी) को आयोजनामा वैशाख २४ र २५ गते ‘१८औँ राष्ट्रिय पुरुष तौल समूह तथा १७औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराँते प्रतियोगिता’ आयोजना हुने भएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी आयोजकले दिएको छ । प्रतियोगितामा सात वटै प्रदेश, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गरी कुल एक सय १० खेलाडीको सहभागिता रहने छ ।
सहभागीमध्ये ७५ जना पुरुष र ३५ जना महिला रहेका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण