बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

यस्ता छन् चुकन्दर खानुको फाइदा

सोमबार, १७ वैशाख २०८१, १७ : ०८
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । चुकन्दर पोषणले भरिपूर्ण तरकारी हो । यसको पात र जरा दुवै पोषणयुक्त हुन्छ । यसमा भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट जस्तो पोषक तत्त्व पाइन्छ । यसमा कोशमा भएको क्षतिसँग लड्ने एन्टिअक्सिडेन्ट्स पनि हुन्छ । यसको सेवनले मुटुको रोगसम्बन्धी जोखिम कम गर्छ ।

यो बेलाटिन पाइने सीमित तरकारी मध्ये एउटा हो । बेलाटिनले सुन्निएको कम गर्छ भने क्यान्सर र अन्य खाले रोगविरुद्ध शरीरलाई सुरक्षा पनि दिन्छ । यसमा भरपुर मात्रामा फोलेट भिटामिन पनि पाइन्छ । यसले हर्ट स्ट्रोकको खतरा कम गर्छ ।

यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । चुकन्दरको सेवनले छाला पनि स्वस्थ रहन्छ । चुकन्दरको जुस खाँदा रक्त प्रवाहमा सुधार आउँछ  । यसबाट दिमाग पनि स्वस्थ रहन्छ । चुकन्दर खाँदा शरीरमा रगतको कमी पनि हट्छ । यसलाई खाँदा तौल कम गर्न मद्दत मिल्दछ । यसबाट कब्जियतको समस्या पनि टाढा भाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप