खेलाडीको उपचारमा कल्याणकारी कोषबाट आर्थिक सहयोग
काठमाडौँ । खेलाडीहरुका सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न रोगको उपचार गराइरहेका खेलाडीलाई उपचार खर्च प्रदान गरेको छ । कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उपचाररत विभिन्न तीनजना खेलाडीलाई उपचार खर्च उपलब्ध गराएका हुन् ।
सदस्यसचिव घिसिङले बुधबार खेलाडीको उपचारका लागि चेक बुधबार हस्तान्तरण गरे । उपचार रकम प्राप्त गर्ने खेलाडीमा टेवलटेनिसकी सेलिशा खड्गी, टेवलटेनिसका चन्दन शाही र एथलेटिक्सकी अञ्जु खड्का रहेका छन् ।
क्यान्सर रोगको उपचारमा रहेकी खड्गीका दाजुलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । उनी भारतमा उपराचाररत छिन् । शारिरीक अस्वस्थताका कारण ट्रमा सेन्टर बीर अस्पतालमा उपचाररत चन्दन शाहीलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरियो । यसैगरी स्कुटर दुर्घटनामा परेकी एथलेटिक्सकी अञ्जुलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरियो । अञ्जु केएमसी हस्पिटलमा उपचाररत छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण