ल्यापटपलाई सफा गर्दा ध्यान दिनुपर्ने कुराहरु
काठमाडौँ । ल्यापटप धेरै जसो तपाईंको साथमा रहन्छ । तपाईंसँगै ल्यापटपले यात्रा गर्ने हुँदा यो फोहोर हुने सम्भावना पनि त्यत्तिकै हुन्छ । तपाईंले प्रायः हात सफा नगरी टाइप गर्न थाल्नुहुन्छ, जसका कारण तपाईंको ल्यापटपको स्क्रिन र किबोर्डमा ट्वाइलेट सिट जत्तिकै कीटाणु जम्मा हुन्छन् । यसकारण ल्यापटपलाई सफा राख्नु निकै जरुरी छ ।
ल्यापटप सफा गर्नुअघि माइक्रोफाइबर कपडामा अलिकति पानी वा सफाइ गर्ने सामग्री लगाउनुहोस्, त्यसपछि ल्यापटपको स्क्रिन र किबोर्ड सफा गर्नुहोस् । स्क्रिन सफा गर्दा धेरै दबाब भने दिनुहुँदैन । ल्यापटपमा सिधै पानी वा सफाइ गर्ने सामग्रीहरु प्रयोग नगर्नुहोस् । किनभने यसले ल्यापटपभित्र पसेर तपाईंको ल्यापटपको मदरबोर्डलाई बिगार्छ ।
तपाईंले पहिला माइक्रोफाइबर कपडामा थोरै मात्रामा तरल पदार्थ प्रयोग गर्नुपर्छ । त्यस्तै तपाईंले ल्यापटप सफा गर्न ब्लीच र अमोनिया प्रयोग गर्नुहुँदैन । तपाईंले सादा कपडाले मात्रले पनि दैनिक ल्यापटप सफा गर्न सक्नुहुन्छ ।
धेरै पटक तपाईको खानाका साना कणहरू ल्यापटपको किबोर्ड भित्र छिर्छन् । यदि तपाइँ यी कणहरूलाई धुलोसँगै बाहिर निकाल्न चाहनुहुन्छ भने, तपाईं आफ्नो ल्यापटपको किबोर्डलाई ब्लोअरको प्रयोग गरेर सफा गर्न सक्नुहुन्छ। ल्यापटपको स्क्रिन र किबोर्ड सफा गरेर मात्र पुग्दैन ल्यापटपको चार्जिङ पोर्ट, युएसबी पोर्ट र अडियो पोर्टलाई समयमा ब्रसले सफा गरिरहनुपर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण