पेनाल्टी सुटआउटमा साविक विजेता अमेरिकालाई हराउँदै स्विडेन क्वार्टरफाइनलमा
काठमाडौँ । साविक विजेता अमेरिका नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । स्विडेनले आइतबार खेलिएको रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा बलियो अमेरिकालाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हरायो ।
महत्वपूणर् जितसँगै स्विडेन प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । अमेरिका सर्वाधिक चार पटकको उपाधि विजेता राष्ट्र हो । अमेरिकाले महिला विश्वकपमा पहिलो, तेस्रो, सातौं र आठौं संस्करणको उपाधि जितेको थियो । महिला विश्वकपमा अमेरिकाको यो सबैभन्दा खराब प्रदर्शन हो ।
स्विडेन र अमेरिकाबीचको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलको प्रारम्भदेखि नै स्विडेनले अमेरिकालाई कडा चुनौती दिएको थियो । त्यसपछि खेल थप समयतर्फ धकेलिएको थियो । थप गरिएको समयमा पनि दुबैतर्फबाट गोल हुन सकेन ।
त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो । पेनाल्टी सुटआउट पनि निकै रोमाञ्चक थियो । अन्ततः पेनाल्टी सुटआउटमा स्विडेनले बाजी मार्यो । जारी विश्वकपको क्वार्टरफाइनलमा पुग्ने स्विडेन चौथो राष्ट्र हो । जापान, स्पेन र नेदरल्यान्ड्स यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका छन् ।
प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई २—० र जापानले नर्वेलाई ३—१ गोलले हराएका हुन् । नेदरल्यान्ड्सले भने दक्षिण अफ्रिकालाई २—० गोलले हराएको हो । प्रतियोगिताको क्वार्टरफाइनलमा स्पेनले नेदरल्यान्ड्सको सामना गर्नेछ । जापानले भने क्वार्टरफाइनलमा स्विडेनलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण