शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलले गरे संयुक्त राष्ट्रसंघका लागि राजदूत नियुक्त

सोमबार, २२ साउन २०८०, १९ : ३०
सोमबार, २२ साउन २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्रसंघ, नेपाली स्थायी नियोग न्यूयोर्कका लागि नेपाली राजदूत पदमा नियुक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालको राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बियाका लागि तथा जनवादी गणतन्त्र चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठलाई प्रजातन्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । 

राष्ट्रपतिले संघीय गणतन्त्र ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

pp 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप