बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
भारी वर्षा

बागमती नदी तटीय क्षेत्रमा दिउँसोसम्म खतरा

मङ्गलबार, २३ साउन २०८०, १० : २२
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । राजधानीस्थित बागमती नदीमा आएको भीषण बाढीका कारण तटीय क्षेत्रमा दिउँसोसम्म खतरा रहने भएको छ । ललितपुरस्थित खोकना बाढी मापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले बाढी बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा रहनेले आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएका कारण विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको महाशाखाको भनाइ छ । 

बाढीका कारण बागमती किनारका बस्ती र कोरिडोर सडकहरू प्रभावित बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप