भारी वर्षा
बागमती नदी तटीय क्षेत्रमा दिउँसोसम्म खतरा
मङ्गलबार, २३ साउन २०८०, १० : २२
काठमाडौँ । राजधानीस्थित बागमती नदीमा आएको भीषण बाढीका कारण तटीय क्षेत्रमा दिउँसोसम्म खतरा रहने भएको छ । ललितपुरस्थित खोकना बाढी मापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले बाढी बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा रहनेले आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएका कारण विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको महाशाखाको भनाइ छ ।
बाढीका कारण बागमती किनारका बस्ती र कोरिडोर सडकहरू प्रभावित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
-
आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी
-
बालेन सरकारको विकल्पका लागि कम्युनिस्ट एकता जरुरी भयो : वक्ताहरू
-
विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीको चार्टर्ड उडान रद्द
-
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
-
नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण