सल्यानमै पहिलो पटक छत्रेश्वरीमा शिक्षण सिकाई बडापत्र अनुसार पठनपाठन
सल्यान । सल्यान जिल्लामै पहिलो पटक छत्रेश्वरी गाउँपालिकाले शिक्षण सिकाई बडापत्र लागू गरेको छ । कक्षाकोठाको शिक्षण सिकाई क्रियाकलापदेखि समग्र विद्यालय क्षेत्रको शैक्षिक गतिविधि सुधार गर्ने उद्देश्यसहित शिक्षण सिकाई बडापत्र कार्यान्वयनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।
छत्रेश्वरीको शिक्षा क्षेत्र योजना अन्तर्गत तयार गरेर लागू भएको शिक्षण सिकाई वडापत्रले शिक्षण सिकाइमा सहजीकरण गर्ने र सबै विद्यालयको पठनपाठनमा एकरूपता आउने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अपेक्षा छ । शैक्षिक क्षेत्रको उन्नति र विकासका लागि सबै सरोकारवालासँग समन्वय गर्दै अघि बढ्ने उनको भनाई छ ।
छत्रेश्वरी गाउँपालिकाभित्रका सबै विद्यालयमा शिक्षण सिकाई बडापत्र राखिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । शिक्षा अधिकृत केशर बहादुर वलीले भने, ‘एकाइ योजना र पाठ योजना निर्माण गरी शिक्षण सिकाई सहजीकरण गर्न पनि बडापत्रले शिक्षकलाई महत्त्वपूर्ण सहयोग पुर्याउने छ । हाम्रो पालिकाका ३९ वटै विद्यालयमा शिक्षण सिकाई बडापत्र राखिएको छ ।’ छत्रेश्वरी गाउँपालिकामा ४० वटा सामुदायिक विद्यालय मध्ये एउटा विद्यालयमा वालविकास केन्द्र मात्रै सञ्चालनमा रहेको छ ।
गाउँपालिकाभित्र रहेका कक्षा १ देखि ५ सम्मका एकीकृत शिक्षक तथा कक्षा ६ देखि १० सम्मका विषयगत शिक्षकहरू सहित त्रैमासिक रूपमा शिक्षण सिकाई योजना बनाएर बडापत्र तयार गरिएको शिक्षा अधिकृत वलीले बताए । बडापत्र अनुसार पठनपाठन भए नभएको बारे पालिकास्तरबाट नियमित रूपमा अनुगमन तथा सहजीकरण हुने समेत उनको भनाई छ ।
छत्रेश्वरी गाउँपालिकाले यस वर्ष स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक पनि निर्माणको तयारी गरेको छ । गत वर्षदेखि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण