च्याउ टिप्न जङ्गल गएका मजदुर मृत फेला
बिहीबार, २५ साउन २०८०, ०८ : ४०
सुर्खेत । वीरेन्द्रनगरमा एक सडक मजदुर मृत फेला परेका छन् । मृत फेला पर्नेमा बाँकेको जानकी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर नगरपालिका–६ मंगलगढीमा सडकको काम गर्ने अन्दाजी १९ वर्षीय विष्णु रैदास रहेका छन् ।
उनी बुधबार आफूसँगै काम गर्ने अन्य ८ जना साथीहरूसँग च्याउ टिप्न भनी जङ्गल गएका थिए । वीरेन्द्रनगर नगरपालिका–२ स्थित आदर्श सामुदायिक वनको गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यद्यपि प्रहरी घटना स्थलमा पुग्दा उनीसँगै गएका अन्य साथीहरू घटनास्थलमै रहेका थिए । अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण