शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

शुक्रबार राष्ट्रियसभा बैठक : पाँचवटा सम्भावित कार्यसूची

बिहीबार, २५ साउन २०८०, १६ : ०८
बिहीबार, २५ साउन २०८०

काठमाडौँ। एमालेको अवरोधका कारण लगातार प्रभावित हुँदै आएको राष्ट्रियसभा बैठक शुक्रबार पुनः बस्ने तय भएको छ।  बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठकका लागि संघीय संसद सचिवालयले विभिन्न ५ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । 

जसअनुसार राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र अन्तर्गत विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद् सदस्यको कार्यभारसम्बन्धी पत्र अध्यक्षले बाचन गरेर सदनलाई जानकारी गराउनेछन् । 

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पनि अध्यक्षले जानकारी गराउनेछन् भने बाधा अड्काउ फुकाउ आदेश सम्बन्धी विषय बैठकमा पेश हुनेछ । 

यद्यपि एमालेले सुन प्रकरणमा आयोग बनाउन माग राख्दै आएकाले सहमति नभएमा बैठक अवरुद्ध हुनसक्ने पनि देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप