दुई दिनदेखि बन्द भएको जुम्ला-नाग्म सडक खुल्यो
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–९ स्थित उमगाडमा दुई दिनदेखि बन्द भएको जुम्ला–नाग्म सडक आज दिउँसो ३ बजे खुलेको छ ।
आन्दोलनरत पक्ष र सरोकारवालाबीच सहमति भएपछि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । बेपत्ता ट्र्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै बिहीबार बिहानदेखि आफन्तले राजमार्ग बन्द गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार बेपत्ता व्यक्तिको घटनाको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने, पीडित परिवारलाई चन्दननाथ नगरपालिकामा रोजगारको लागि पहल गर्ने र सर्वोच्च अदालतमा चार दिनभित्र उच्च सरकारी वकिल कार्यालयले मुद्दा अगाडि बढाउने सम्बन्धमा आफन्तसँग सहमति भएपछि बन्द सडक खुलेको हो ।
आफन्तले जिल्ला अदालत र सुर्खेत जुम्ला उच्च अदालतको फैसलाले न्याय नपाइएको भन्दै सडक बन्द गर्नुपरेको पीडित पक्षले बताए ।
कर्णाली प्रदेशका सांसद देवेन्द्रबहादुर शाही, प्रजिअ घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कार्की राजनीतिक दलका प्रतिनिधि, नगरपालिका जनप्रतिनिधि र स्थानीयवासीबीच सहमति भएपछि राजमार्ग खुलाइएको वडाध्यक्ष टेकबहादुर रावतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण