रुख ढलेर सुर्खेत–नेपालगन्ज सडक अवरुद्ध, मुख्यमन्त्री सडकमै रोकिए
आइतबार, २८ साउन २०८०, १२ : २१
सुर्खेत । रुख ढल्दा सुर्खेत– कोहलपुर, नेपालगन्ज जोड्ने रत्न राजमार्ग अवरुद्ध भएको छ । भेरीगंगाको हर्रे भन्दा केही तल रुख ढलेर सडक अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण जमिन गल्न गई रुख ढलेका कारण बाटो अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
सडक अवरुद्ध भएसँगै सवारी साधनहरु प्रभावित छन् । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि बाटोमा रोकिएका छन् । ‘मुख्यमन्त्रीज्यू सडकको अवरोधमा पर्नुभएको छ,’ उनले भने,‘ रुख पन्छाउनका लागि प्रहरीको टोली त्यहाँ पुगिसकेको छ ।’
यस्तै सुर्खेत– दैलेख खण्डमा रहेको अवरोध अहिले खुलाइसकिएको छ । यसैगरी सुर्खेत–जाजरकोट सडकका केही ठाउँमा रहेको अवरोध पनि खुलाउने काम भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण