शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘व्यवसाय व्यवस्थापन तथा अभिमुखीकरण’ कार्यक्रम सम्पन्न

आइतबार, २८ साउन २०८०, १५ : १३
आइतबार, २८ साउन २०८०

काठमाडौँ । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौँ जिल्लाद्वारा आयोजित ‘व्यवसाय व्यवस्थापन तथा अभिमुखीकरण’ कार्यक्रम शनिबार राजधानीमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौँ अध्यक्ष तथा महासंघका कोषाध्यक्ष राज कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रदेश सह–संयोजक भिम दर्नाल, मानार्थ सदस्य प्रकाश दर्जी, केन्द्रीय सदस्य रामप्यारा छिनाल, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका पूर्व केन्द्रिय सदस्य तारा परियार, संघ र महासंघका विभिन्न पदीय जिम्मेवारीमा रहेका उर्मिला श्रेष्ठ, पारु भट्टराई, देउरुपा थापालगायत उद्यमी व्यवसायीको उपस्थिति रहेको भयो । 

‘व्यवसाय व्यवस्थापन किन जरुरी छ ?’ बारे नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौँका अध्यक्ष राज कार्कीले व्यवसायीहरुमा हौसला थपेका थिए । ‘हामीले उत्पादन गर्ने कपडाले मानिसको इज्जत, प्रतिष्ठा थप्ने काम गर्छ,’ कार्कीले भने, ‘हामीले हाम्रो पेशालाई स्थापित गर्ने काम आफैले गर्नुपर्छ ।’ 

यस्तै नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले सबै व्यवसायीसँग सहकार्य, समन्वय गर्न आफू तयार रहेको बताए । आफूले नेतृत्व गर्नु अगाडी संस्था सुषुप्त र त्यति सक्रिय नभएको बताउँदै श्रेष्ठले संस्थाको विकास लागि हरदम लागिपर्ने बताए । पछिल्लो चार वर्षको अवधिमा मुलुकका ७२ जिल्लामा संगठन बिस्तार सफल भएको उनले बताए । 

संघको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने १० जना उद्यमी, व्यवसायीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो । यस्तै अन्य सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप