एमालेको प्रश्न–कर्णाली सरकार कहाँ छ ?
सुर्खेत । कर्णाली प्रदेशसभामा सरकारको खोजी भएको छ । सोमबार कसेको प्रदेश सभाको ३० औँ बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सरकारको खोजी गरेको हो ।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकार कहाँ छ भन्दै प्रश्न गरेका हुन् । उनले प्रदेश सरकार विपद्को समयमा अभिलेखमा मात्र सीमित रहेको बताए । ‘म आज यहाँ सरकारको खोजी गर्न आएको छु,’ उनले भने,‘ अभिलेखमा सरकार त होला व्यवहारमा खै ?’
कँडेलले संसदमा जनताका जनजीविकाका विषय छलफल गर्नुपर्ने भएपनि त्यस्तो नभएको बताए ।
‘मान्छेलाई अनुभूति गराउनका लागि कहिले काहिँ घटना घट्नुपर्ने रहेछ । अविरल वर्षा भइरहेको छ,’ उनले भने,‘ राजधानीमा सबै मन्त्रीदेखि सांसदसम्म छन् । तर कांक्रेविहारदेखि तल्तिरको भाग डुबानमा छ । समस्या समाधानका लागि सरकारको ध्यान खै ?’
कँडेलले प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयकै कारणले एरपोर्ट डुबानमा परेको आरोप लगाए । उनले प्रश्न गरे,,‘के सरकार त्यसमा बेखबर छ ? सरकार कहाँ छ ? अभिलेखमा सरकार भएपनि जनताको लागि सरकार छैन ।’
कँडेलले जनताको पक्षमा रहेर सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप समेत लगाएका छन् । उनले बाढी पहिरो, डुबान र नागरिक उड्ययन प्राधिकरणका कारण कर्णालीका हिमाली जिल्लाले भोग्नुपरेको पीडाबारे सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण