मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो
मुगु । मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।
प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।
यस्तै गम्भीर घाइतेहरुमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन् । त्यस्तै सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन् ।
गमगढी बजार र नेपालगञ्ज जान जिप चढेका पाँचजना हुम्लीमध्ये चार जनाको मृत्यु भएको छ । सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको बोलेरो जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
-
२७ टोलीलाई पछि पार्दै ‘द इभिल्स’ बन्यो पर्यटन ह्याकाथनको विजेता
-
साउदी अरबमा अरामको कम्पनीको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु
-
बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो, स्थानीय आतंकित
-
धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै
-
आज कुन राशिको कस्तो योग?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण