शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चाँदीको बढ्दा आज सुनको मूल्य स्थिर

मङ्गलबार, ३० साउन २०८०, ११ : ०२
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । मंगलबार नेपाली बजारमा चाँदीको मूल्य बढ्दा यता सुनको मूल्यमा स्थिरता कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छावापाला सुनको मूल्य अघिल्लो दिनको मूल्य नै कायम हुँदै आज १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको हो । 

यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

तर, यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप