एमालेले गर्यो कर्णाली प्रदेशसभा बैठक अवरुद्ध, नागरिक उड्डयन प्राधिकरणको निर्णय सच्याउनुपर्ने माग
सुर्खेत । कर्णाली प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरेको छ । मंगलबार बसेको प्रदेशसभाको बैठक एमालेले अवरुद्ध गरेको हो ।
एमालेले नागरिक उड्डयन प्राधिकरणको निर्णयले कर्णाली वासीले भोग्नुपरेको पीडा र समसामयिक जनजीविकाको सन्दर्भमा प्रदेश सरकारले ध्यान नदिएको भन्दै संसद् अवरुद्ध गरेको छ । एमाले प्रमुख सचेतक टेकराज पछाईले नागरिक उड्डयन प्राधिकरणको निर्णय फिर्ता गर्न प्रदेश सरकारले संघीय सरकारलाई दबाब दिनुपर्ने बताए ।
प्राधिकरणको उक्त निर्णयले हुम्लाको सिमिकोट विमानस्थलमा जहाज पर्खँदै गर्दा ६ महिने बालक इमरान सुनार, ७ महिने रोहित शाही, साढे १ वर्षे आरेन परियार र ५ महिनाका सन्देश लुहारको मृत्यु भएको एमालेले बताएको छ ।
प्रमुख सचेतक पछाईले जनताको ज्यान गएपनि सरकारको ध्यान नदिएको भन्दै संसद् बैठक अगाडि बढ्न नसक्ने बताए । सभामुखले पटक–पटक बस्न आग्रह गर्दा पनि एमालेले अवरोध जारी राखेको थियो ।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले आक्रोशित हुँदै सरकारले जवाफ दिनेगरी उपस्थित हुनुपर्ने बताए ।
प्राधिकरणले विमानस्थल तालिका अर्थात ‘अपरेसन आवर’ का कारणले नागरिकले दुख पाएको उनले बताए । एमालेले प्रतिपक्षले निरन्तर आवाज उठाउँदा पनि मुख्यमन्त्री राजकुमार शर्मा बैठकमा अनुपस्थित रहने र जवाफ नदिएको बताएको छ ।
एमालेले रोस्टम घेराउ गरेपछि सभामुख नन्दा गुरुङले साउन ३२ गते बिहीबार दिउँसो तीन बजेसम्मका लागि संसद् बैठक स्थगित गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण