सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

भिरबाट लडेर दुई जनाको मृत्यु

बुधबार, ३१ साउन २०८०, ०९ : १८
बुधबार, ३१ साउन २०८०

सुर्खेत । भिर बाट लडेर हुम्ला र रुकुम पश्चिममा गरी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला ताजाकोट गाउँपालिका–४ का कर्ण ढकाल र मुसिकोट नगरपालिका–१२ नयाँ गाउँका ५५ वर्षीय कालीबहादुर खत्री रहेका छन् ।

ढकाल सोही गाउँको पुनलोटे भिरमा घाँस काट्न गएको थिए । उनको सोही भिरबाट लडी भिरमै अड्किएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

खत्रीको सोलाबाङ बजारबाट घरतर्फ जाने क्रममा बादुरे मान्छे बस्ने डाँडा गोरेटो बाटोबाट लडेर मृत्यु भएको हो । उनी २ सय मिटर तल खसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप