कर्णालीमा प्रदेश निजामती सेवा सम्बन्धी विधेयक संसदमा पेश
बिहीबार, ३२ साउन २०८०, १६ : ०८
सुर्खेत । कर्णाली प्रदेशको निजामती सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश भएको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बिहीबार बसेको प्रदेशसभा बैठकमा विधेयक पेश गरेका हुन् ।
प्रदेश सरकारले संविधानको धारा २८५ अनुसार निजामती सेवा सम्बन्धी कानुन बनाउन लागेको हो ।
प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा कानूनी व्यवस्था गर्न आवश्यक रहेको मन्त्री जिसीले बताए ।
‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नामकरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण