वैदेशिक रोजगारीका विद्यमान समस्याबारे नेपाल र मलेसियाका म्यानपावर व्यवसायीबीच छलफल
काठमाडौँ । वैदेशिक रोजगारी क्षेत्रमा रहेका समस्याबारे नेपाल र मलेसियाका म्यानपावर व्यवसायीबीच छलफल भएको छ । मलेसिया भ्रमणमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले त्यहाँका म्यानपावर व्यवसायीबीच छलफल गरेको हो ।
नेपाली वैदेशिक रोजगार व्यवसायी र मलेसियन वैदेशिक रोजगार व्यवसायीबीचको द्वीपक्षीय सम्बन्ध सुदृढ गर्न, नेपालबाट मलेसिया कामदार ल्याउने सिलसिलामा देखिएका अप्ठ्याराहरू फुकाउने लगायतका विषयमा छलफल भएको हो ।
मलेसियाका उद्योग व्यवसायी संघ संस्थाहरूसँग समेत छलफल गरिएको संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।
वैदेशिक रोजगार व्यवसायी र रोजगारदाताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने र निकट भविष्यमा गरिने जब फेयर सम्बन्धी प्रारम्भिक छलफल भएको महासचिव भुर्तेलले बताए ।
मलेसियाको पर्साटुअन इन्डस्ट्री केसेलमटन मलेसिया ९पीआईएएम० र संघबीच विभिन्न विषयमा छलफल भएको हो । उनीहरूबीच कामदारहरूको सहज भर्तीका विषयमा विचार आदानप्रदान गरिएको छ । त्यस्तै मलेसियामा दर्ता नभएका एजेन्टहरूलाई निरुत्साहित गर्ने विषयमा समेत छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा आएको एउटा 'लिंक'ले रित्यायो सुजनको २५ लाख: दुई जनाविरुद्ध ठगी मुद्दा
-
निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित
-
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
-
फर्पिङका गोठाला दाइका आफ्नै व्यथा (तस्बिरहरू)
-
अमेरिकाद्वारा मारिए भेनेजुएलाको ‘ट्रेन दे आरागुवा’का नेता गुरेरो
-
प्रोटिनको कमी छ ? चनासँग खानुस् यी ६ खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण