पर्यटन बोर्डले हटायो वेब साइटबाट विवादित कार्यक्रमको जानकारी
काठमाडौँ । नेपाल पर्यटन बोर्डले विवादित वैज्ञानिक सम्मेलनको जानकारी आफ्नो वेब साइटबाट हटाएको छ । आगामी अक्टोबर ६-८, २०२३ मा पोखरामा विश्वका वैज्ञानिकहरु उपस्थित गराएर गर्ने भनिएको 'सेकेन्ड इन्टरनेशनल सस्टेनेबल माउन्टेन डेभलपमेन्ट कन्फेरेन्स’ कार्यक्रमका लागि बोर्डले आफ्नो आधिकारिक वेब पेज नै प्रयोग गरेको थियो ।
जापान स्थिति प्रसिद्ध होकाइदो युनिभरसिटी, अमेरिकाको युनिभरसिटी अफ कोलोराडो बोलुडर र जापानकै अर्को ग्लोबल ल्याण्ड प्रोगाम (जेएलपी) नोडल अफिस मुख्य आयोजक रहेको कार्यक्रमका लागि सहजकर्ता बोर्डले आफ्नो वेब पेज नै प्रयोग गरेर विज्ञापनसहित रजिस्ट्रेसन शुल्क उठाइरहेको समाचार प्रकाशित भएपछि बोर्डले उक्त विज्ञान हटाएको हो ।
बुधबार रातोपाटी डटकमले "पर्यटन बोर्ड फेरि विवादमा : बजेटको टुङ्गो छैन, पोखरामा भव्य वैज्ञानिक सम्मेलनको तयारी" शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
कार्यक्रमको सहजकर्ता मात्र रहेको बोर्डले आफ्नो आधिकारिक पोर्टल प्रयोग गरेर कार्यक्रमको विज्ञापन मात्र नगरेर ‘कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ नै देखिने गरी कार्यक्रमका लागि खर्च जुटाउन समेत लागि परेको समाचार प्रकाशित गरेको थियो । योसँगै बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनन्जय रेग्मीले बोर्डको पोर्टलबाट कार्यक्रमको विज्ञान हटाउन लगाएका छन् । उक्त विज्ञापनको ठाउँमा अघिल्लो वर्ष काठमाडौंको चन्द्रागिरीमा आयोजना भएको 'इन्टरनेशनल सस्टेनेवल माउन्टेन डेभलपमेन्ट कन्फ्रेन्स’ सम्मेलनको पहिलो संस्करणको जानकारी हालिएको छ ।
यद्यपि, कार्यक्रममा सहभागीबाट रजिस्ट्रेसन शुल्क बापत पैसा उठाउन प्रयोग गरिएको एसएमडी-नेपाल वेवसाइटको आधिकारिकता भने अझै खुलेको छैन ।
बोर्डले अक्टोबर ६-८, २०२३ मा पोखरामा विश्वका करिब ३०० जना वैज्ञानिक उतारेर जलवायु परिवर्तन, हिमाल संरक्षण सम्बन्धी अध्ययन अनुसन्धान गरिने कार्यक्रम तय गरेको छ । तर यश कार्यक्रमका लागि हालसम्म बजेटको टुंगो लागेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण