महाकाली पुल सुदूरपश्चिम समृद्धिको मेरुदण्ड : मन्त्री ज्वाला
दोधारा चाँदनी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल सुदूरपश्चिम प्रदेशको समृद्धिको मेरुदण्डका रुपमा रहेको बताएका छन् । महाकाली पुलको शनिबार यहाँ स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले पुल निर्माणपछि मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए ।
“पुलसँगै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने कुरा अगाडि बढिसकेको छ”, उनले भने, “यसलाई देशकै प्रमुख नाकाका रुपमा सञ्चालन गर्छौं ।”
मन्त्री ज्वालाले महाकाली पुल बहुउपयोगी र शारदा व्यारेजको विकल्पका रुपमा रहेको बताए । “यसले नेपाल–भारतलाई जोड्नुका साथै पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ”, उनले भने, “पुलले महाकाली पारीको गाउँलाई पनि देशको मूलधारसँग जोड्ने छ ।”
पुल निर्माणका लागि कुनै पनि समस्या हुन नदिने मन्त्री ज्वालाले प्रतिबद्धता जनाए । पुल निर्माणको काम बजेट अभावले नरोकिने उनको भनाइ थियो ।
निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले बजेट अभावले निर्माणको काम प्रभावित नहुने बताए । “पुलको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ”, उनले भने, “पुलसँगै बन्ने पहुँचमार्ग र पुलको दुवैतर्फ पोखरी निर्माणाधीन छन् ।”
चार लेनको उक्त पक्की पुललाई दोधारा चाँदनीमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा हेरिएको इन्जिनियर पाण्डेयले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला सुक्खा बन्दरगाहको काम तीन वर्षभित्र सक्ने सम्झौता भएको छ । भारतले निर्माण गर्ने सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा छ ।
सुक्खा बन्दरगाह निर्माणपछि दोधारा चाँदनीसँगै सुदूरपश्चिमकै समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण