अपराध
१५ वर्षीय बालिकामाथि ९ जनाले गरे बलात्कार, पेटमा बच्चा हुर्किएपछि प्रहरीमा किटानी जाहेरी
३ जना पक्राउ
शनिबार, ०२ भदौ २०८०, १३ : १३
डोल्पा । डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाद्वारा सामूहिक रुपमा बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । डोल्पाका प्रहरी प्रमुख शिव बुढाथोकीले उजुरी आएसँगै तीन जनालाई पक्राउ गरिसकिएको रातोपाटीलाई जानकारी दिए ।
घटना करिब ६ महिना अगाडिको हो । ‘बालिकाको पेटमा गर्भ रहेको रहेछ,’ उनले भने,‘ बच्चा हुर्किँदै गएको परिवारले थाहा पाएपछि आफन्तले किटानी जाहेरी दिनुभएको छ ।’ जगदुल्ला गाउँपालिकामा ९ जनाले सामूहिक रुपमा बलात्कार गरेको उजुरी आएसँगै अनुसन्धानको प्रक्रिया अघि बढाइएको उनले बताए ।
एक जनालाई मुगुबाट पक्राउ गरिएको र दुई जनालाई जुम्लाबाट पक्राउ गरिएको छ । फरार रहेका बाँकी ६ जनालाई पनि खोज्ने क्रम जारी रहेको उनले बताए । पक्राउ परेकाको नाम भने प्रहरीले गोप्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण