सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सीआईबीको अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सरकार सकारात्मक : अध्यक्ष लिङ्देन

आइतबार, ०३ भदौ २०८०, १६ : ३७
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रभावित नहुनेगरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताएका छन् ।  

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा सहभागी भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार र प्रतिपक्षबीच छलफल सकारात्मक भएको बताए । 

अध्यक्ष लिङ्देनले सोमबार पुनः सर्वदलीय बैठक बस्ने र संसद् अवरोध अन्त्य गर्ने निष्कर्ष निस्किने बताए । उनले सरकार पक्ष पनि लचिलो हुने र प्रमुख प्रतिपक्ष पनि लचिलो भएर जाने कुरा सहमति नजिक पुगेको भन्दै अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय संयन्त्र बन्नसक्ने बताए ।

यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सदन सुचारु गर्ने बारेमा सकारात्मक छलफल भएको बताए ।

प्रमुख सचेतक पाण्डेले सोमबार एक पटक बैठक बसेर संसद् सुचारु गर्ने सहमति भएको बताए ।

 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप