प्रदेशस्तरमा कहाँ कुन पार्टीको आयोजनामा हुँदैछ मोर्चा घोषणासभा ?
काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले प्रदेशस्तरमा मोर्चाको गठन र घोषणाका लागि कार्यक्रम तय गरेको छ । सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको बैठकले कार्यक्रमको मिति तय गर्दै त्यसका लागि दलहरुबाट आयोजक समेत चुनिएको छ ।
जसअनुसार भदौ ८ गते वीरगन्जमा मधेस प्रदेशको मोर्चा घोषणा कार्यक्रम हुनेछ । जसको आयोजक जनता समाजवादी पार्टी (जसपा) रहने तय भएको छ । यसैगरी भदौ १२ गते नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा लुम्बिनीको बुटवलमा, भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा एकीकृत समावजादीको आयोजनामा कार्यक्रम गर्नेगरी टुंगो लगाइएको छ ।
यसैगरी भदौ १४ गते कर्णालीको सुर्खेतमा माओवादी केन्द्रको आयोजनामा कार्यक्रम हुनेछ भने भदौ १५ गते बागमती प्रदेशको हेटौँडामा एकीकृत समाजवादीको आयोजनामा कार्यक्रम हुनेछ । यसैगरी भदौ २५ गते कोशी प्रदेशको विराटनगरमा जनता समाजवादी पार्टीको आयोजनामा कार्यक्रम हुनेछ ।
सबै कार्यक्रम दिउँसो १ बजेका लागि तय गरिएको मोर्चाका सदस्य सचिव प्रमेश हमालले जानकारी दिए । आजको बैठकमा तीनवटा एजेन्डामा छलफलहरू भएका थिए । जसमा समसामयिक राजनीति, सातै प्रदेशमा घोषणासभा र मोर्चाको सचिवालयले गरेका निर्णयहरू अनुमोदन गर्ने रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण