आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
संसद

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

मङ्गलबार, ०५ भदौ २०८०, १५ : १०
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने भनेर राष्ट्रिय दलका शीर्ष नेतृत्व तहमा मोटामोटी सहमति भए पनि थप आकार लिएर संसद खुल्ने निश्चित नभइसकेकाले आज दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित भएको बताइएको छ । 

संसदअघि शीर्ष तहको बैठक बसेर सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डेले तयार गरेको ड्राफ्टलाई अन्तिम रूप दिने बताइएपनि एमाले अध्यक्ष केपी शर्मा अनुपस्थित रहे । जसका कारण आजको शीर्ष तहको बैठक एजेन्डा तय नभई स्थगित हुन पुग्यो । 

लगत्तै संसद सचिवालयले पनि बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना निकालेको हो । 

‘आज मिति २०८० साल भदौ ५ गते मंगलबार दिनको ३ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल भदौ ६ गते बुधबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ , संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप