सारुक ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत देखाइँदै
काठमाडौँ । दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) बन्ने भएको छ ।
निर्माता तथा निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारले अभिनय गरेको दृश्यलाई समेटेर श्रद्धाञ्जलि दिन तयार पारिएको सामग्री बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने जानकारी दिए ।
उनले भने, “अभिनेता ताम्राकारले यस चलचित्रको लेखनदेखि नै गर्नुभएको मेहनतलाई सानै रूपमा भए पनि उहाँका प्रशंसकमाझ ल्याउँदैछौँ । यसमा उहाँको आवरण (लुक्स) सँगै पर्दा पछाडिका कामलाई पनि देखाएका छौँ ।” निर्देशक गुरुङले चलचित्रकै लागि तय गरिएको गीतमा अभिनेता ताम्राकारको दृश्यलाई जोडिएको बताए ।
अभिनेता ताम्राकारले बर्दियाको छायाङ्कन तालिका पूरा गरेर काठमाडौँको सुरुआत गरेका थिए । प्रोडक्सन म्यानेजर अरुण रेग्मीले सारुकलाई श्रद्धाञ्जलि (ट्रिब्युट टु सारुक) कार्यक्रममा चलचित्रको निर्माण समूहसँगै अभिनेता ताम्राकारका नजिकको साथीहरूको उपस्थितिमा हुने जानकारी दिए ।
बर्दियाको छायाङ्कन तालिका सकिएसँगै काठमाडौँमा छायाङ्कनकै क्रममा अभिनेता ताम्राकारले गत असार २१ गते आत्महत्या गरेका थिए ।
चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका ताम्राकारको निर्देशक बन्ने योजना थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण