सुदूरपश्चिममा माओवादीको कार्य विभाजन, कसलाई कुन जिम्मेवारी ?
धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिममले नेता कार्यकर्ताको कार्य विभाजन गरेको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले ३ महिने जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान अन्तरगत कार्यविभाजन गरेकाे हो ।
बैठकको निर्णयअनुसार प्रदेश इन्चार्ज खगराज भट्टलाई व्यवस्थापन कार्यालय समितिको जिम्मेवारी दिइएको छ । जसको सदस्यमा प्रदेश अध्यक्ष हरिराम चौधरी, केन्द्रीय सदस्य त्रिलोचन भट्ट, झपट साउद र रमेशसिंह धामी छन् ।
प्रचार प्रसार कार्यालय समितिको जिम्मा केन्द्रीय सदस्य ओमविक्रम भाटलाई दिइएको छ । जसको सदस्यमा दीपेन्द्र रावल, लोक बहादुर बोहरा, जनक बुढा र अंजित श्रेष्ठ छन् ।
त्यस्तै बैठकले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र सँगै जिल्ला इन्चार्जहरू पनि तोकेको छ ।
कैलाली इन्चार्जमा टेकेन्द्र भट्ट, कञ्चनपुर इन्चार्जमा वीरमान चौधरी, डडेल्धुरा इन्चार्जमा हरि ज्ञवाली, बैतडीमा रामप्रसाद तिमिल्सेना, दार्चुलामा नरेन्द्र कुवर, बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल, अछाममा ओमप्रकाश पुन र डोटीमा लक्ष्मीराम आचार्यलाई इन्चार्ज तोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण