शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
‘महिन्द्रा’को नयाँ मोडल

झन् उन्नत न्यू ‘स्कर्पियो एन’ नेपाली बजारमा, एड्भेञ्चर ड्राइभको सारथि

बिहीबार, ०७ भदौ २०८०

काठमाडौं । महिन्द्राको सुपरिचित मोडल ‘स्कर्पियो’ थप परिमार्जित र उन्नत मोडलमा आएको छ । कम्पनीले क्लासिक मोडल ‘स्कर्पियो एन’ बजारमा ल्याएको हो । 

भारतीय बजारमा ठिक एक वर्ष अघि सार्वजनिक भएको स्कर्पियो एनलाई अग्नी इन कर्पोरेट प्रालिले हालैमात्र नेपाली बजारमा ल्याएको हो । आकर्षक डिजाईन, पावर पिकअपसहित थप परिष्कृत सुविधामा आएको स्कर्पियो एन नेपाली बजारमा बिक्री वितरणसमेत शुरु भइसकेको छ । 

npic4

खास गरी, नाडा अटो शो, २०२३ लाई नै लक्षित गरेर ल्याइएको स्कर्पियो एन सार्वजनिक लगत्तै डेढ दर्जन बढी युनिट बुकिङ भइसकेको नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नी इनकर्पोरेट प्रालिले जनाएको छ ।

‘स्कर्पियो एन’

स्कर्पियो एन २.२ लिटर फोर सिलिण्डर डिजेल इन्जिनमा आएको छ । यस अघिको एस सिरिजको स्कर्पियो १९९९ अर्थात् २००० सीसी इन्जिन क्षमतामा आइरहेकोमा सोही मोडलको अपग्रेड भर्सनमा पछिल्लो पटक स्कर्पियो एन जेड सिरिजमा २ हजार २ सय सीसीमा आएको छ । यो इन्जिनले १३६ हर्स पावर र ३०० एनएम पीक टर्क दिन्छ । 

गाडीमा ६ स्पीड म्यानुयल गियर बक्स रहेको छ । यस अघिको एस सिरिजमा जस्तै जेड सिरिजको स्कर्पियो एनमा पनि टु ह्वीलसहित फोर ह्वील ड्राइभको विकल्प उपलब्ध छ ।

sn1

खास गरी, स्कर्पियो एन ‘अ कम्प्लिट अफ फाइभ कम्पोनेन्ट’ पाँच वटा प्याकेजमा आएको छ । हेड टर्निङ डिजाइन, पर्फमेन्स, इन्जिनियर फर एड्भेञ्चर, वेस्ट ईन क्लास सेफ्टी र कन्टेम्बरी डिजाइन, यी पाँचवटा खास विशेषतामा न्यू स्कर्पियो एन बजारमा आएको हो ।

स्कर्पियो एनमा कम्पनीले भर्टिकल फ्रन्ट ग्रिलको साथमा टुइन पीक लोगो प्रयोग गरेको छ । जसले गाडीलाई थप प्रिमियम देखाउन सहयोग गरेको छ । साथै, कम्पनीले गाडीमा डुअल ब्यारल प्रोजेक्ट हेड ल्याम्पको साथमा टर्नएवल फक लाइटसमेत प्रदान गरेको छ ।

गाडीमा १८ इन्चको डाइमन्ड कट अलोय ह्वील प्रयोग गरिएको छ । जसले गाडीलाई प्रिमियम झल्काएको छ भने ड्राइभमा समेत निकै सहज हुने कम्पनीको दाबी छ । 

महत्वपूर्ण पक्ष स्कर्पियो एन ग्लोबल एनक्याप फाइब स्टार रेटिङ गाडी हो । सुरक्षा मजबुतीमा अब्बल मानिएको स्कर्पियो एनमा चारवटै चक्का (ह्वील)मा डिक्स ब्रेक छ । जसमा डिक्स वाइबसमेत उपलब्ध छ । गाडीमा २७५० एमएमको ह्वील बेस उपलब्ध छ । 

स्कर्पियो एन पनि ७ सिट क्षमतामा नै उपलब्ध गराइएको छ । स्कर्पियो क्लासिकमा प्रोजेक्टर हेडल्याम्पको साथमा एलइडी डे टाइम रनिङ लाइट, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर विन्डो, सेकेन्ड रोमा एसी भेन्टस्, ड्यूल एयरब्याग जस्ता फिचर उपलब्ध छन् । ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, पियानो व्ल्याक ड्यासबोर्डमा दिइएको उडन फिनिस सहितको सेन्टर कन्सोल यसमा पाउन सकिन्छ ।

sn2

बजार मूल्य कति ?

हाल उपलब्ध एस सिरिजको २ हजार सीसी इन्जिन क्षमताको स्कर्पियोलाई कम्पनीले ५६ लाख ५० हजारदेखि ७७ लाख रुपैयाँसम्म बिक्री गरिरहेकोमा इन्जिन क्षमतासहित थप विशेषतामा आएको जेड सिरिजको मूल्यमा केही फरक पर्नेछ । 

चारवटा सेग्मेन्टमा उपलब्ध स्कर्पियो एनको बजार मूल्य ८१ लाख ५० हजार रुपैयाँदेखि १ करोड २४ लाख रुपैयाँसम्म पर्ने कम्पनीले बताएको छ । 

जसमा स्कर्पियो एन डिजेल जेड ४२ डब्ल्यूडी एमटी ७ एसटीआरको मूल्य ८१ लाख ५० हजार रुपैयाँ, स्कर्पियो एन डिजेल जेड४ ४ डब्ल्यूडी एमटी ७ एसटीआरको मूल्य ९० लाख रुपैयाँ, स्कर्पियो एन डिजेल जेड८ ४डब्ल्यूडी एमटी ७ एसटीआरको मूल्य १ करोड १४ लाख रुपैयाँ र स्कर्पियो एन डिजेल जेड८ ४डब्ल्यूडी एटी ७ एसटीआरको मूल्य १ करोड २४ लाख रुपैयाँ तोकिएको छ । 

यो मूल्य ३० सेप्टेम्बर २०२३ सम्मका लागि रहेको कम्पनीले जनाएको छ । न्यू स्कर्पियो एनमा आकर्षक ३ वर्ष÷१ लाख किलोमिटरको वारेन्टी योजनासमेत रहेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया