कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
कास्की । वैदेशिक रोजगारीबाट गाउँ फर्केर कृषि उद्यम सञ्चालन गर्ने युवालाई गण्डकी प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने भएको छ ।
प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आवका लागि घोषणा गरेको ‘रिटर्न टु भिलेज’ कार्यक्रमअन्तर्गत युवालाई कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउन लागेको हो ।
कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुर कार्कीले पदबहाली गरेको सय दिन पुगेका अवसरमा बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाटमा मन्त्रालयका सचिव डा. प्रेरणा सेढाईँ भट्टराईले उक्त कार्यक्रमका लागि रु दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिइन् ।
“युवालाई कृषि उद्यममा प्रोत्साहित गर्न मन्त्रीकै सोचअनुसार यो कार्यक्रम ल्याइएको हो,” उनले भनिन्, “वैदेशिक रोजगारीबाट र स्वदेशमै पनि सहरदेखि गाउँ फर्केर कृषि उद्यम गर्न चाहने युवाले ऋणमा ब्याज अनुदान पाउनेछन् ।”
मन्त्री कार्कीले कृषिमा युवालाई आकर्षित गर्न र गाउँमै रोजगारी सृजनामा टेवा पुर्याउन ‘रिटर्न टु भिलेज’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले कृषि उत्पादन वृद्धि र बजारीकरणका लागि मन्त्रालयले किसानलाई सघाउँदै आएको बताए ।
मन्त्रालयले चालु आवमा ‘कृषि एम्बुलेन्स सहयोग कार्यक्रम’का लागि रु एक करोड बजेट छुट्याएको छ । यस्तै जैविक मलमा अनुदान र उत्पादन प्रोत्साहनका लागि रु दुई करोड ६० लाख बजेट विनियोजन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
-
रास्वपा साढे तीन वर्षभन्दा बढी टिक्ने सम्भावना छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण