दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
सारांश
- दुबईले पर्यटन प्रवर्द्धन गर्न 'ए दुबई इनभाइट' अभियान सुरु गरेको छ।
- अभियानअन्तर्गत दुबईका बासिन्दाले आफ्ना आफन्तलाई दुबई बोलाएमा ३ हजार दिरामभन्दा बढीका सुविधा पाउनेछन्।
- यो अभियान जुलाई २० देखि अक्टोबर ३१ सम्म चल्नेछ।
दुबई। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘ए दुबई इनभाइट’ अभियान सुरु गरेको छ।
अभियानअन्तर्गत दुबईका बासिन्दाले आफ्ना साथीभाइ वा परिवारका सदस्यलाई जुलाई २० देखि अक्टोबर ३१ सम्म दुबई भ्रमणका लागि आमन्त्रण गरेमा तीन हजार दिराम भन्दा बढी मूल्यका विभिन्न सुविधा प्राप्त गर्न सक्नेछन्।
अभियानमार्फत सहभागीहरूले होटल बसाइ, रेस्टुरेन्टमा भोजन तथा विभिन्न पर्यटकीय आकर्षणस्थलका प्रवेश टिकटलगायतका लाभ प्राप्त गर्ने व्यवस्था गरिएको छ।
दुबई सरकारले यो अभियान गर्मीयाममा अपेक्षाकृत कम हुने पर्यटक आगमन बढाउने र यस वर्षको सुरुआतमा क्षेत्रीय द्वन्द्वका कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउने उद्देश्यले सञ्चालन गरेको जनाएको छ।
यो अभियान जुलाई २० देखि सुरु भई अक्टोबर ३१ सम्म सञ्चालन हुनेछ। पर्यटन क्षेत्रलाई थप गतिशील बनाउँदै दुबईलाई परिवार र साथीभाइसँग घुम्न उपयुक्त गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य अभियानको रहेको खाजिल समाचारमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण