अपडेट
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
शुक्रबार, ०८ साउन २०८३, १५ : ३५
सारांश
- प्रहरीले धनुषाको ढल्केबरमा गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा भारतीय नागरिकहरू २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साहु छन् ।
- आरोपीहरूको साथबाट प्रहरीले ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
काठमाडौँ । प्रहरीले धनुषाको ढल्केबरमा गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरू २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साहु छन् ।
शुक्रबार ढल्केबरबाट जनकपुर जाने सडकमा प्रहरीसँग जम्काभेट भएपछि भाग्न लागेका कारोबारीलाई पक्राउ गर्न एक राउण्ड हवाई फायर गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
आरोपीहरूको साथबाट प्रहरीले ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण