दाङमा ४५ बोरा युरिया मल बरामद
बिहीबार, ०७ साउन २०८३, १४ : १२
सारांश
- दाङ प्रहरीले बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरेको छ ।
- राप्ती गाउँपालिका-१ भालुवाङ चोकस्थित राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा मल बरामद गरिएको हो ।
- बरामद गरिएको मल आवश्यक अनुसन्धानका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तु पठाइएको छ ।
दाङ । प्रहरीले बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले बिहीबार बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरेको हो ।
राप्ती गाउँपालिका–१ भालुवाङ चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा ४५ बोरा युरिया मल बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सो मलको अनुमानित मूल्य रु. १,०१,२५० (एक लाख एक हजार दुई सय पचास) रहेको समेत प्रहरीले जनाएको छ ।
बरामद गरिएको उक्त युरिया मल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
-
राप्रपा र राप्रपा नेपालबिचको एकता अवैध, आयोगले काट्यो पत्र
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण