अदालत
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
शुक्रबार, ०८ साउन २०८३, १३ : ०३
सारांश
- सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी छिन् ।
- प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्लले यो जिम्मेवारी पाएकी हुन् ।
- यसअघि पनि प्रकाशमान सिंह राउतको अवकाशपछि उनी कामु प्रधानन्यायाधीश थिइन् ।
काठमाडौँ । सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी छिन् । कामु प्रधानन्यायाधीश प्रधान र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा शुक्रबार ३६ वटा पेसी तोकिएको छ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमण प्रस्थान गरेसँगै प्रधान कामु प्रधानन्यायाधीशमा फर्किएकी हुन् । यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षको उमेर हदका कारण अनिवार्य अवकाश भएसँगै प्रधान कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा थिइन् ।
गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायाधीश प्रधान २० दिने बिदामा बसेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण