कर्णालीमा बस्न सकेन प्रदेश सभा, शनिबार सारियो
बिहीबार, ०७ साउन २०८३, १४ : १३
सारांश
- कर्णाली प्रदेश सभाको बैठक विशेष कारणले बिहीबार बस्न नसकी स्थगित भएको छ।
- बैठक अब साउन ९ गते शनिबार दिउँसो ३ बजे बस्नेछ।
- मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि यो बैठक सारिएको हो।
सुर्खेत । कर्णालीमा बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको प्रदेश सभा बैठक नबसेर नै स्थगित भएको छ। सभामुख नन्दा गुरुङले विशेष कारण देखाउँदै बिहीबार बस्न नसकेको बताएकी छिन् ।
साथै, आगामी बैठक साउन ९ गते शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेपाली कांग्रेस र नेकपाले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध गत बिहीबार अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
उक्त विषयमा कार्यव्यवस्था समितिको बैठकमा छलफल भएर मिति तय गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
-
राप्रपा र राप्रपा नेपालबिचको एकता अवैध, आयोगले काट्यो पत्र
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण