संसदीय समिति सभापतिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक
बिहीबार, ०७ भदौ २०८०, २० : ००
काठमाडौँ । भदौ ११ गते हुने संसदीय समितिका सभापति चयन गर्न निर्वाचन कार्यसूची सार्वजनिक भएको छ । संसद सचिवालयले समितिका सभापतिको निर्वाचनका लागि कार्यसूची बिहीबार सार्वजनिक गरेको हो ।
सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार निर्वाचनको अघिल्लो दिन भदौं १० गते ११ देखि ४ बजेससम्म उम्मेदवारी प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ । सोही दिनको साढे ४ बजे दर्ता भएका प्रस्तावको दर्ताक्रम अनुसार सूची प्रकाशन गर्ने कार्यसुची रहेको छ ।
भदौ ११ गते दिउँसो ३ बजे सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुची रहेको छ । बिहीबार सभामुख र प्रमुख सचेतकहरुको छलफलअनुसार भदौ ११ गते १० वटा संसदीय समितिका सभापतिको निर्वाचन गर्ने सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण