नीति निर्माणका कार्य भदौ महिनाभित्रै सम्पन्न गर्न मन्त्री शर्माको निर्देशन
सुर्खेत । कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले मन्त्रालय अन्तर्गतका नीति, निर्माणका कार्य भदौ महिनाभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
शर्माले बिहीबार मन्त्रालयका सचिव, मातहतका कार्यालय र महाशाखा सबैसँगको छलफलमा कार्य सम्पादनलाई बलियो बनाउने र परिणाम निकाल्ने गरी लाग्नुपर्ने भन्दै नीतिगत कुराहरु चाँडो सक्नुपर्ने बताए ।
सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले कार्यसम्पादनलाई बलियो र प्रभावकारी बनाउनुपर्ने बताए ।
‘मन्त्रालयबाट गरेका काम नागरिकसँग जोडिन्छन्,’ उनले भने,‘ यसको जबाफदेहिता मन्त्री हुने भएकाले तथ्यमा आधारित भएर कार्यसम्पादन गर्नुहोला ।’
मन्त्री शर्माले तथ्य र तथ्यांकका आधारमा काम गर्नुपर्ने र त्यसले परिणाम पनि दिने बताए । ‘गुनासो सानो होला तर, यसले जिम्मेवार बन्न र जबाफदेही बनाउन सहयोग गर्छ,’ शर्माले भने,‘ कार्यमा कसैले हीनताबोध नगरी जिम्मेवारी बन्न तयार हुनुपर्छ ।’
यस्तै शर्माले तालिमहरु ठुलाठुला होटेल र लजमा गर्ने बानीको विकासलाई निरुत्साहित गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण