सरकारविरुद्ध जतिसुकै आक्रमण भएपनि सुशासनको अभियान रोकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धिको रक्षाका लागि सरकार, सदन र सडकको मोर्चालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
शुक्रबार ललितपुरको लगनखेलमा भएको पार्टी प्रवेश कार्यक्रममा उनले प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक, आर्थिक रूपान्तरणको नेतृत्व माओवादीले मात्र गर्नसक्ने दाबी गर्दै तीनवटै मोर्चा प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
एमालेप्रति लक्ष्ति गर्दै उनले संसद विघटन गरेर परिवर्तनमाथि प्रतिगमन लाद्न खोजिएको आरोप लगाए । तर त्यसलाई माओवादीकै नेतृत्वमा भएको आन्दोलनले परास्त गरेको उनले बताए । त्यस्तै जुनजुन बेला माओवादी नेतृत्वमा सरकार बनेको त्यसबेला सामाजिक, आर्थिक रुपान्तर र जनताको हितमा काम गरेको जिकिर गरे ।
मन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गर्न तस्करीलाई पक्राउ गरी त्यसको जरैसम्म पुग्न सरकारले निष्पक्ष छानबिन गरी अगाडि बढिरहेको बताए ।
‘समृद्धिको यात्रालाई अगाडि बढाउन सुशासन पहिलो सर्त भएकाले भ्रष्टाचारी, कमिसन खोरी, काला बजारी, ठगी गर्नेलगायत दण्डहीनताको अन्त्य गरी सुशासन कायम गर्न सरकारले अगाडि बढिरहेको छ । सुशासनमार्फत समृद्धिको यात्राको नेतृत्व माओवादीबाहेक अन्यले गर्न सक्दैन ’, उनले भने ।
सुशासनको अभियान चलाएपछि जनतामा नयाँ आशा पलाएको जिकिर गर्दै उनले अभियानबाट आतंकित भएकाहरूले सरकारविरुद्ध आक्रमण गरी असफल बनाउन लागिरहेको आरोप लगाए । उनले दलाल नोकरशाही पुँजीपति वर्गविरुद्धको लडाइँमा सरकार प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण