सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
खानपान

काठमाडौँमा बढ्दो नुडल्सको क्रेज

शनिबार, ०९ भदौ २०८०, ०६ : ३८
शनिबार, ०९ भदौ २०८०

नेपाल फोटो लाइब्रेरी 

काठमाडौँ । काठमाडौँमा  किमा नुडल्सको लोकप्रियता बढ्दो छ । किमा नुडल्स खानका लागि बौद्ध पुग्ने युवायुवतीहरूको घुइँचो नै लाग्ने गर्छ ।

साम्बाला चाउचाउ कारखाना सञ्चालक समीर तामाङको रामहिटीमा रहेको कारखानामा पुग्दा तीन जना कामदार चाउचाउ बनाउने काममा नै व्यस्त देखिन्थे । साँघुरो ठाउँमा चाउचाउ सुकाउनका लागि पङ्खा चलिरहेको थियो । कामदारहरूले चाउचाउ बनाउने मेसिनबाट आटाका पानाहरू धकेल्नेदेखि लिएर दोहोरो तहको सुकाउने र्‍याकमा भर्खरै बनेका चाउचाउहरू मिलाउनेसम्मका विभिन्न कार्यहरू गरि रहेको थिए । 

keema noodles (1)

साम्बाला चाउचाउ कारखाना बौद्धमा भएका दर्जनौ कारखाना मध्ये एक हो । बौद्धमा दशकौंदेखि यस्ता चाउचाउ कारखानाहरू अवस्थित छन्, जसले सधैं यस क्षेत्रका शेर्पा, तामाङ, योल्मो र तिब्बती मानिसहरूको ठुलो जनसङ्ख्याका लागि चाउचाउ खाने संस्कृतिलाई जीवन्त बनाइरहेको छ । 

keema noodles (6)

कारखाना सञ्चालक समीर तामाङका अनुसार चाउचाउ आफैँमा स्वास्थ्यकर परिकार हो । २०७२ देखि अहिलेसम्म तामाङका दुईवटा कारखाना छन्, एउटा रामहिटिमा र अर्को बौद्ध फूलबारीमा । एउटा पिठो मिलाउने मेसिनको मात्रै रु १ लाखदेखि १ लाख ५० हजारसम्म खर्च हुन्छ। 

keema noodles (9)

‘साम्बालामा चाउचाउ बनाउने प्रक्रिया आटा मिक्सरबाट सुरु हुन्छ। मिक्सरमा ५० किलो पिठोको बोरा हालिन्छ । त्यसपछि पानी र अण्डाको मिसाइन्छ। ५० केजी पीठोको लागि १५० अण्डा र १५ लिटर पानी हाल्नु पर्ने हुन्छ । पीठो, पानी र अण्डाको यो मिश्रणलाई मिक्सरमा १० मिनेटसम्म मिसाइन्छ। एकपटक मिलाएर, यसलाई बाहिर निकालिन्छ र १५ मिनेटको लागि राखिन्छ,’ उनले भने, ‘त्यसपछि हामी १० देखि १२ किलोग्राम मिश्रण लिन्छौँ र त्यसपछि यसलाई आटा फ्ल्याटनरमा खन्याउँछौँ। हामी पीठोको एक लामो, चिल्लो पाना नभएसम्म यस कामलाई दोहोर्‍याउँछौँ । चाउचाउ बनाउनु पर्ने साइजको आधारमा मेसिनमा कटर जोडिएको हुन्छ र आटाको समतल पाना कटरको माध्यमबाट धकेलिन्छ। अर्को छेउबाट भर्खरै बनेको चाउचाउको लामो तार निस्कन्छ। त्यसपछि चाउचाउलाई काटेर तीनदेखि चार दिनसम्म र्‍याकमा सुकाइन्छ। ५० किलो पीठोलाई चाउचाउमा परिणत गर्न करिब डेढ घण्टा समय लाग्छ। हाम्रो चाउचाउको सेल्फ लाइफ पाँचदेखि छ महिना हुन्छ ।’

keema noodles (8)

दैनिक तीस हजार रुपैयाँसम्मको चाउचाउ बिक्री गर्ने तामाङका अनुसार माग दिनदिनै बढ्दो छ । बनेपा, भक्तपुर, ललितपुरबाट पनि चाउचाउको माग आउने उनी बताउँछन् । 

keema noodles (7)

किमा नुडल्स हालको युवायुवती, केटाकेटीहरू माझ भने यो निकै लोकप्रिय भएको छ । किमा नुडल्स जसमा चाउचाउसँग बफ वा चिकेन मिट र सोया सस, चाइनिज साग, लसुन, चिल्ली ओयल आदिको प्रयोगद्वारा तयार पारिन्छ ।

keema noodles (2)

keema noodles (5)

keema noodles (3)

keema noodles (4)keema noodles (13)keema noodles (14)keema noodles (15)keema noodles (16)keema noodles (17)keema noodles (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप