संसदीय समिति निर्वाचन
कृषिमा राणा, राज्यव्यवस्थामा खतिवडा, उद्योगमा खान, अन्तराष्ट्रियमा यादव र अर्थ समितिमा चालिसेको उम्मेदवारी दर्ता
आइतबार, १० भदौ २०८०, १४ : ४६
काठमाडौँ । भोलि हुने संसदीय समितिको सभापति निर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । यसै क्रममा कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवाले उम्मेदवारी दर्ता गरेकी छन् ।
त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि खतिवडाले पनि आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खानको उम्मेदवारी दर्ता भएको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी दर्ता भएको छ ।
त्यसैगरी अर्थ समितिमा नेपाली कांग्रेसका सन्तोष चालिसेको उम्मेदवारी दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण