राष्ट्रपतिद्वारा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालयमा पेस भएको सो विधेयक साउन १२ गते प्रमाणीकरण गरेको पत्र राष्ट्रिय सभालाई प्राप्त भएको हो ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिएका छन् ।
उनले भने, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट नेपालको संविधान धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको देहाय बमोजिमको विधेयकको थान १ यसैसाथ पठाइएको ब्यहोरा अनुरोध छ । मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन सम्बन्धी विधेयक २०८० । प्रमाणीकरण मिति: २०८०/४/१२ ।’ अध्यक्ष तिमिल्सिनाका अनुसार सो विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण