राष्ट्रपतिद्वारा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालयमा पेस भएको सो विधेयक साउन १२ गते प्रमाणीकरण गरेको पत्र राष्ट्रिय सभालाई प्राप्त भएको हो ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिएका छन् ।
उनले भने, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट नेपालको संविधान धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको देहाय बमोजिमको विधेयकको थान १ यसैसाथ पठाइएको ब्यहोरा अनुरोध छ । मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन सम्बन्धी विधेयक २०८० । प्रमाणीकरण मिति: २०८०/४/१२ ।’ अध्यक्ष तिमिल्सिनाका अनुसार सो विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली
-
पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे
-
चापाकल सुकेसँगै वीरगञ्जमा खानेपानीको अभाव
-
उपेन्द्र यादवको पार्टीमा अपमान र जालझेल सहन नसकेर अलग भएकी हुँ : रेणु यादव
-
नेपाल चार्टर एकाउन्टेन्ट सङ्घ लुम्बिनी प्रदेशकाे अध्यक्षमा पोखरेल
-
गिल र सुदर्शनको ब्याटिङले कुन-कुन रेकर्ड तोडियो ?