आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आरिफ र सोमपालबीच ५० रनको साझेदारी

बुधबार, १३ भदौ २०८०, २० : ४२
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेटको पाकिस्तान विरुद्धको खेलमा नेपालका ब्याट्सम्यान आरफ शेख र सोमपाल कामीले ५० रनको साझेदारी गरेका छन् । 

आरिफ र सोमपाल दुबैले २३—२३ रन बनाएका छन् । नेपालले १२ ओभरमा तीन विकेट गुमाएर ६४ रन बनाएको छ । 

आरिफ र सोमपालले पाकिस्तानका तीव्र गतिका बलरहरुद्वारा फालिएको एक सय ४५ किलोमिटर प्रतिघण्टा गतिको बललाई झेल्दै उक्त साझेदारी गरेका हुन् । पाकिस्तानले दिएको तीन सय ४३ रनको लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिङमा ओर्लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप