अख्तियार, निर्वाचन आयोग, मुख्यसचिव र सचिवहरूसँग ‘ब्रिफिङ’ लिने तयारीमा संसदीय समितिहरू

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न संसदीय समितिहरूले आफ्नो कार्यक्षेत्रभित्र रहेका निकायसँग ब्रिफिङ लिने तयारी थालेका छन् । भदौ ११ गते संसदीय समितिले सभापति पाएसँगै समितिहरूले आफ्नो कार्यक्षेत्रका निकायहरूलाई समितिमा बोलाएर भइरहेका काम कारबाहीबारे जानकारी दिन लागेका हुन् ।
भदौ १७ गते बस्ने महिला तथा सामाजिक मामिला समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग छलफल गर्ने कार्यक्रम राखेको छ । भदौ १८ गते अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भइरहेका कामकारबाहीका सम्बन्धमा मन्त्रालयसँग ब्रिफिङ लिने भएको छ ।
यस्तै राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो कार्यक्षेत्रभित्र पर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोकसेवा आयोग, सरकारमा मुख्यसचिव तथा विभिन्न मन्त्रालयका सचिवहरूसँग ब्रिफिङ लिने भएको छ ।
राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले समितिको सुरुका बैठकमा समितिको कार्यक्षेत्र अन्तर्गत पर्ने निकायहरूसँग ब्रिफिङ लिने तयारी रहेको जानकारी दिएका छन् । कर्मचारी प्रशासन सुशासनसँग जोडिएकोले मुख्य सचिव र सचिवहरूसँग छलफल गर्न लागिएको उनले बताए ।
यस्तै प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेको निकायका प्रतिनिधिलाई बोलाएर छलफल गर्ने बताए । सभापति खानले नेपालका उद्योगहरूको अवस्था अध्ययनका लागि उद्योगी, व्यापारीहरूलाई, उपभोक्ताहरूलाई कहाँ के समस्या छ त्यो पत्ता लगाउन उद्योग मन्त्रालयसँग छलफल गर्ने तयारी रहेको बताए ।
उनले यही भदौ १९ गतेपछि समितिको बैठक राखेर समितिको कार्यक्षेत्रका निकायहरूबाट जानकारी लिएर समितिलाई अघि बढाउने तयारी रहेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
-
बुद्ध ! मेरो युगमा तिम्रो सम्झना
-
किराँत समुदायले यसरी मनाए उँभौली पर्व, तस्बिरमा हेर्नुहोस्
-
भारत–पाकिस्तान युद्धविराम : उडानका लागि ३२ विमानस्थल खोलियो
-
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव
-
पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा