कांग्रेसका १५ केन्द्रीय सदस्यले पाए विभागीय प्रमुखको जिम्मेवारी, कसले के पाए ? (सूचीसहित)
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले १५ जना केन्द्रीय सदस्यहरुलाई विभागीय प्रमुखमा मनोनयन गरेका छन् । शुक्रबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम उनीहरुलाई विभिन्न विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।
मनोनित हुने केन्द्रीय सदस्यहरुमा कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश समन्वय विभागको जिम्मेवारी पाएका छन् भने पुष्पा भुसालले महिला विभागको जिम्मेवारी पाएकी छन् । त्यस्तै केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले उद्योग तथा व्यापार विभागको जिम्मेवारी पाएका छन् भने किरण यादवले तराई मधेश समन्वय विभागको जिम्मेवारी पाएकी छन् ।
थारु विभागको जिम्मेवारी योगेन्द्र चौधरीले पाएका ने पर्यटन विभागको जिम्मेवारी आङ्गेल शेर्पाले पाएकाे कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
कसले कुन विभागको जिम्मेवारी पाए ? तलको सूची हेर्नुहोस् :
१. कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय विभाग
२. पुष्पा भुसाल महिला विभाग
३. चिनकाजी श्रेष्ठ उद्योग तथा व्यापार विभाग
४. किरण यादव तराई-मधेश समन्वय विभाग
५ .योगेन्द्र चौधरी थारु विभाग
६ .गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय विभाग
७. आङ्गेलु शेर्पा पर्यटन विभाग
८. डा. रणबहादुर रावल गैर सरकारी संस्था समन्वय विभाग
९ .दिलमान पाख्रिन आदिवासी जनजाति विभाग
१०. प्रकाश रसाईली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
११. रंगमती शाही पिछडिएको क्षेत्र विभाग
१२. गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग
१३. नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय विभाग
१४. मदनकृष्ण श्रेष्ठ अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग
१५ .सीता थपलिया (उर्मिला) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण