वायु सेवा सञ्चालन गर्न तीन वटा जहाज अनिवार्य
काठमाडौँ । वायु सेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीन वटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनी सञ्चालन नियमको १० औँ संशोधन गर्दै यस्तो नियम बनाएको हो । नियम संशोधन भएसँगै नयाँ कम्पनीसँग तीन वटा जहाज हुनैपर्ने भएको हो ।
हाल वायु सेवा सञ्चालन गरिरहेका कम्पनीका आगामी पाँच वर्षमा पाँच वटा जहाज पुर्याउनुपर्ने नियम पनि जारी भएको छ । यस्तै पाइलटले उडानबाहेक व्यावसायिक गतिविधिमा संलग्न हुन नपाउने भएका छन् । वायु सेवा कम्पनीको अकाउन्टेबल म्यानेजरले कम्पनीसँग स्वार्थ बाझिने गतिविधि तथा व्यावसायिक कार्यमा संलग्न हुन नपाउने, नो अब्जेक्सन सर्टिफिकेट प्राप्त गरेको न्यूनतम पाँच वर्षसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर बिक्री गर्न नपाउने, प्राधिकरणको स्वीकृतिबिना कुनै पनि सरकारी स्वामित्व प्राप्त एवं निजी वायु सेवा कम्पनीले एकाउन्टेबल म्यानेजर तथा पोस्ट होल्डर नियुक्त गर्न पाउने छैनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय सदस्य चयनका लागि राति साढे ८ बजेदेखि मतदान
-
ललितपुरमा सम्पदा क्षेत्रमा ई–शटल बसदेखि फोहोर व्यवस्थापनमा प्रविधिसम्मको बजेट
-
के घानाले इङ्ल्यान्डमाथि कालाजादु गरेको थियो ?
-
यी हुन् ‘मिस नेपाल २०२६’ मा भिड्ने २४ प्रतियोगी
-
ललितपुरको बजेट : कुन क्षेत्रमा कति ? (पूर्णपाठ)
-
युरोपियन मोडलमा रास्वपा : के हो रवि लामिछानेले भनेको ‘सामाजिक लोकतन्त्र’ को पद्धति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण