पुरुष हराएको सूचना
गाउँको कुनै अँध्यारो कुनामा
स्थायी घर भई,
हाल सहरको उँज्यालोमा बस्ने
अन्दाजी १९÷२० वर्षको पुरुष
केही महिना यता सहरको
आफ्नै कोठाभित्र हराइरहेको छ
उज्यालो भविष्य खोज्ने बाटो भुलेर हो
या, हात समाई
बाटो देखाई दिने कोही नभएर हो,
उ बस्ने कोठाको ढोका
बन्द भएको महिनौं भइसक्यो
बढेको मैलो र कैलो कपाल
महिनौं नमिलाईएको दारी
काट्न बिर्सिएका हातका नङ
उचाइ पुरा गर्नुपर्ने बाध्यताझैँ उच्च
फाट्न लागेको पुरानो गोल्डस्टार जुत्ता
खाली तर सपना र उत्तरदायित्वले
भरिएको कालो झोला
केही थान रहर
केही थान इच्छा
केही थान खुशी
केही थान दुःख
केही थान असफलता
र, केही थान ठूलो मान्छे बन्ने
सपना बोकेर हराएको ऊ
कसैले भेट्नु र देख्नु भयो भने
नजिकैको भरोसा केन्द्रमा
बुझाई दिनु होला ।
उसलाई सुनाई दिनु–
भरोसा राख्नेहरु नै,
यो स्वार्थी सहरमा अगाडि देखा पर्ने गर्छन्
उसलाई सुनाई दिनु–
आँट र साहस बटुल्दै अघि बढ्नेहरु नै
यो दुनियाँमा अग्रपंक्तिको रेखातिर देखा पर्ने गर्छन्,
उसलाई सुनाई दिनु–
आकाश छुने सपना देख्नेहरु
बन्द कोठामा कैद भई बस्दैनन् भनी
उसलाई सुनाई दिनु–
एउटै सानो कोठामा किचेन र्याक, खुट्टे खाट
सकिन लागेको ग्यासको सिलिन्डर
पानी भर्ने केही नीला जार
यत्रतत्र छरिएका प्रमाणपत्र, किताब
भित्तामा अड्याइएका पुराना कपडाहरुले नै
राम्रो घर मात्र हैन,
आलिसान महल बनाउने कठोर सपना देखाउँछन् भनी
उसलाई सम्झाई दिनु–
आफैमा हराउनु भनेको
एकदिन असफल भई नासिनु हो भनी
उसलाई सम्झाई दिनु–
उसको नाम,
उसको थर,
उसको शिरमा आएको परिवार प्रतिको कर्तव्य
उसले बिराएका बाटोहरु
बिर्साई दिनु अतित
सम्झाई दिनु अतितले सिकाएका पाठहरु
देखाई दिनु बाटोहरु
पूरा हुन्छन् ती सपनाहरु
छैन अझै आश मारेको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्मिन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण