आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
एसिया कप

एसिया कप : भारतले चौथो विकेट गुमायो, गिल आउट

शनिबार, १६ भदौ २०८०, १७ : २६
शनिबार, १६ भदौ २०८०

क्यान्डी । एसिया कप अन्तरगत पाकिस्तानविरुद्धको खेलमा भारतले चौथो विकेट गुमाएको छ । ओपनर शुभमन गिल १० रन बनाएर आउट भएका हुन् ।

उनलाई ह्यारिस राउफले बोल्ड गरेका हुन् । खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गरिरहेको छ । भारतले ४ विकेटको क्षतिमा ७१ रन बनाएको छ ।

एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप