आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन : मन्त्री शर्मा

शनिबार, १६ भदौ २०८०, १७ : ५९
शनिबार, १६ भदौ २०८०

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छन् । 

दाङको घोराही उपमहानगरपालिका–१७ वर्गदीस्थित सहिद स्मृति पार्कमा नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियान उद्घाटनका अवसरमा उनले अब शहीदका सपना पूरा गर्ने गरी पार्टी र सरकार अघि बढ्ने बताएकी हुन् । 

उनले शहीदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्दै अब शहीदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्नेमा जोड दिइन् । वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकतामा राखिएको मन्त्री शर्माले बताइन् । इतिहासमा पहिलो पटक सरकार जनतासित जोडिएको उल्लेख गर्दै उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढिरहेको बताइन् । 

शान्ति प्रक्रियापछि पार्टी पटक–पटक सरकारमा गए पनि जनताले चाहेजस्तो परिवर्तनको अनुभूति गर्न नपाएको उल्लेख गर्दै उनले अहिलेको सरकार गठन भएपछि जनताको पक्षमा काम हुन थालेकाले त्यसलाई जनताको बिचमा लैजान र जनताको गुनासो सरकारसमक्ष पुर्‍याउन यो अभियान सुरु गरिएको जिकिर गरिन् ।

 सबै नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आग्रह गर्दै उनले राजनीतिलाई सेवाका रूपमा लिनुपर्ने बताइन् । सो ठाउँमा २०५८ मङ्सिर १३ गते धान दाइरहेका किसानमाथि तत्कालीन सेनाले गोली चलाउँदा ११ जनाको ज्यान गएको थियो । मन्त्री शर्माले सहिदको शालिकमा माल्यार्पण गरी अभियानको उद्घाटन गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप