मानवका पूर्वजहरू कुनै बेला झन्डै विलुप्त हुने संघारमा
काठमाडौँ । गत नोभेम्बर २२ मा मानव जनसंख्याले ८ अर्ब नाघेको छ । मानिसले अहिले पृथ्वीमा आधिपत्य जमाएको छ र मानवीय क्रियाकलापका कारण प्राकृतिक सन्तुलन बिथोलिँदा कैयौं जीवजन्तु लोप भएका छन् । तर पृथ्वीमा एकछत्र राज्य गरिरहेका आधुनिक मानवका पूर्वजहरू कुनै बेला झन्डै विलुप्त हुने संघारबाट गुज्रिएको चिनियाँ वैज्ञानिकहरूले गरेको एक अध्ययनले देखाएको छ ।
आधुनिक मानवका ३ हजार नमुनाको आनुवंशिक उपक्रम ( जिनोम सिक्वेन्स ) अध्ययनले ९ लाख ३० वर्षअघि प्रतिकूल वातावरणीय अवस्था, जलवायुमा आएको अकस्मात् परिवर्तनलगायत अन्य कारणले पृथ्वीमा प्रजननयोग्य मानव पूर्वजको जनसंख्या १२ सय ८० मा खुम्चिएको वैज्ञानिक जर्नल साइन्समा गत साता प्रकाशित प्रतिवेदनमा उल्लेख छ । यो नतिजामा पुग्न वैज्ञानिकहरूले समान प्रजातिमा जनसांख्यिक उद्विकास कसरी भयो भनेर समीक्षा गर्न राइट फिसर मोडलका आधारित रहेको कोएलेसेन्ट विधिको अवलम्बन गरेका थिए। हजारौं वर्षअघि भएको जनसंख्यागत उतारचढाव आधुनिक मानवको आनुवंशिक उपक्रममा मुखरित हुने आधारमा चिनियाँ वैज्ञानिकले यो अध्ययनका लागि जनसङ्ख्या आङ्कलन गर्ने फिटकोल नामक अनुसन्धानात्मक उपकरणको सहायता लिएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय सदस्य चयनका लागि राति साढे ८ बजेदेखि मतदान
-
ललितपुरमा सम्पदा क्षेत्रमा ई–शटल बसदेखि फोहोर व्यवस्थापनमा प्रविधिसम्मको बजेट
-
के घानाले इङ्ल्यान्डमाथि कालाजादु गरेको थियो ?
-
यी हुन् ‘मिस नेपाल २०२६’ मा भिड्ने २४ प्रतियोगी
-
ललितपुरको बजेट : कुन क्षेत्रमा कति ? (पूर्णपाठ)
-
युरोपियन मोडलमा रास्वपा : के हो रवि लामिछानेले भनेको ‘सामाजिक लोकतन्त्र’ को पद्धति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण